Logo

मुगावेलाई गाँड्न ३० दिन लाग्ने



जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई गाँड्न कुल ३० दिन लाग्ने भएको छ । विभिन्न संस्कार गर्नुपर्ने भएकाले गाँड्ने प्रक्रिया ३० दिनसम्म चल्ने भएको हा ।

मुगाबेको परिवाका सदस्य लिओ मुगाबेले गाँड्ने ठाउँ निर्माण गर्न ३० दिन लाग्ने भएकाले समय लाग्ने लिओ मुगाबेको भनाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमले नाएका छन् ।

यसअधि मुगावेलाई उनको गाउँमा नभई राजधानी हरारेस्थित स्वतन्त्रता सेनानीहरुको स्मारकमा गाँडिने टुंगो लगाइएको थियो । मुगाबेको परिवारलाई त्यहाँको सरकारले सहमत गराएपछि समाधिस्थल टुंगो लागेको हो ।

परिवारका सदस्य लियो मुगाबेले हरारेस्थित स्माराकमा गाँड्ने टुंगो लागेको पुष्टि गरेका छन् । उनले सरकारको आग्रहमा यसको टुंगो लागेको त्यहाँको सञ्चारमाध्यमहरुले उदृत गरेका छन् ।

यसअघि उनको परिवारले जन्मेको गाउँ कुटामामा गाडिने जनाएको थियो । ३७ वर्ष जिम्बाबेको शासन गरेर त्यहाँको सेनाले कू गरी सन् २०१७ मा हटाएपनि मुगावे स्वतन्त्रता संग्रामका नायक भएकाले उनको विशेष सम्मानका साथ अन्त्येष्टि गरिने निर्णय भइसकेको छ । तैपनि, परिवार देखि मुगावेले लामो समय नेतृत्व दिएको जानु पीएफ पार्टीका नेताहरुबीचको विवाद गाड्ने स्थानको टुंगो लगाउने विषयमा विवाद आएको थियो ।

यसअघि एउटा पक्ष त्यहाँको स्वतन्त्रता आन्दोलनमा जीवन आहुती दिनेहरुको सम्झनामा स्थापित राष्ट्रिय स्मारकमा गाड्ने बताइरहेको थियो । अर्को पक्ष मुगावेलाई उनकै गाउँ कुटामामा गाड्न चाहन्थ्यो ।

सिंगापुरबाट हरारेमा चाटर्ड विमानबाट मुगावेको शव लगिएको थियो । बुधबार शव जिम्बाबे पुर्याइएपनि आइतबार मात्र गाडिनेछ । त्यसका लागि मुगाबेको शव उनको गाउँमा लगिनेछ ।

अफ्रिकी संस्कार अनुसार मृतकको आत्मालाई शान्ति प्रदान गर्न विशेष कर्मकाण्ड गरिन्छ । त्यसैले मुगाबेको शव समाधिस्थ गर्न समय लाग्ने भएको हो ।-एजेन्सी Photo Source: The sporttimes



प्रतिक्रिया दिनुहोस्