Logo

सुनको ट्वाइलेट हरायो



ट्वाइलेट पनि सुनको । तर, बेलायतको ब्लेनहिम दरबारमा सुनको ट्वाइलेट थियो । सुनको ट्वाइलेट सामाग्रीमाथि धेरैले आँखा लगाएका थिए ।

नभन्दै शोचालयको सुनको सामाग्री हराएको छ । एक आपराधिक समूह साँझपख दरबारमा छिरेर ट्वालेट चोरेका हुन् । चोरहरुले अमेरिका नाम गरेको ट्वाइलेटका विभिन्न भागमा क्षति पुर्याएका छन् । १८ क्रारटको सुनको शौचालय भएकाले ब्लेनहिम दरबारको विशेषता थियो ।
बेलायती सञ्चारमाध्यमहरुका अनुसार चोरीको आशंकामा ६६ वर्षीय एकजनालाई नियन्त्रणमा लिइएको छ ।

चोरीपछि ब्लेनहिम दरबारले केही समयका लागि दरबार बन्द गर्ने जनाएको छ । ट्वीटमार्फत् आइतबार भने खुल्ला रहने जनाइएको छ । दरबार बेलायतका पूर्व प्रधानमन्त्री विस्टन चर्चिल जन्मिएको स्थानमा छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्