Logo

साउदीको तेल प्लान्ट ध्वस्त पारिएपछि विश्वभर तेल उत्पादन घट्यो, मूल्य वृद्धि हुनसक्ने



साउदी अरबको दुईवटा तेल प्लान्टको क्षेत्र नै ध्वस्त पारिएको छ । उक्त क्षेत्र ड्रोन हमलाबाट ध्वस्त पारिएको हो ।

विश्वमा सबैभन्दा बढी तेल उत्पादन गर्ने साउदी अरबको दुईवटा ठूला प्लान्टमा क्षति पुगेपछि तेल उपत्पादन पाँच प्रतिशतले घट्ने भएको छ । यसले विश्व बजारमा तेलको मूल्य वृद्धि हुनसक्छ ।

घटनाको जिम्मेवारी यमनका हुथी विद्रोहीले हमला गरेका छन् । अमेरिकाले यसमा इरानको भूमिका रहेको आरोप लगाएको छ ।
ड्रोनबाट गरेको हमलाका कारण दुईवटा प्लान्टमा आगलागी लागेको छ । तेल प्रशोधनको सबैभन्दा ठूलो क्षेत्र अडकैकमा रहेको प्लान्टमा शनिबार हमला भएको हो । साउदीको राज्य नियन्त्रित कम्पनि अरामकोको दुईवटा प्लान्टमाथि क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्लान्टमा भिषण आगलागीपछि साउदीले तेलमा व्यापक कटौती गर्ने भएको छ । घटनापछि ५० लाख ब्यारल कच्चा तेल निर्यात गर्दै आएको साउदीको आपूर्ति आधाले घटेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्