Logo

काँग्रेसभित्रको विवाद भातृ संगठनमा प्रकट, तरुण दलका महासचिव शाही निष्काशित



काठमाडौं, भदौ २९ । नेपाली काँग्रेसभित्रको विवाद भातृ संगठनहरुमार्फत् प्रकट हुन थालेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको विवाद उनीहरु निकट भातृ संगठनका नेताहरुमार्फत् दखिएको हो ।

नेविसंघको देउवा र पौडेल समूहबीचको विवाद चुलिइरहँदा नेपाल तरण दलका महासचिव भूपेन्द्रजंग शाहीलाई साधारण सदस्य समेत नरहने गरी गरी निष्काशन गरेका छन् । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नहरने गरी हटाइएको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा शाहीले तरुण दलको नीति विपरित कार्य गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘दलको महासचिव जस्तो महत्वपूर्ण पदमा रहेर तपाईंले आफ्नो पदिय मर्यादा, जिम्मेवारी र नेपाली काँग्रेस पार्टी र नेपाल तरुण दलको आदर्श एवं सिद्धान्त विपरित गई अनुशासनहिन कार्यहरु गर्नुभएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिव सहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यवहोरा यसै पत्र मार्फत् जानकारी गराइन्छ ।’

देउवा निकट बस्नेतले पौडेल निकट शाहीलाई निष्काशन गर्नुलाई काँग्रेसभित्रको चरम विवादका रुपमा हेरिएको छ । यसले काँग्रेसभित्र आरोप प्रत्यारोप र विवाद बढाउने संकेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्