Logo

बार्सिलोनाद्धारा भ्यालेन्सिया ५–२ ले पराजित, एन्सु फाती चम्किए



स्पेन, २९ भदौ । स्पेनिस ला लिगा फुटबलमा शनिबार स्पेनिस जायन्ट बार्सिलोनाले भ्यालेन्सियालाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । यस खेलमा बार्सिलोनाले १६ वर्षिय एन्सु फातीको गोलमा खेलको दोश्रो मिनेटमा अग्रता लिएको थियो।

फातीसँगै फेन्की डि जोङ्ग, जेरार्ड पिके तथा लुइस स्वारेजले गोल गरेका थिए । दोश्रो मिनेटमा लिएको अग्रतालाई बार्सिलोनाले त्यसपछि खेलको ७ औं मिनेटमा दोश्रो गोल गर्दै दोब्बर पार्‍यो। उसका लागि सो गोल ची जोङ्गले गरेका हुन् ।

त्यसपछि खेलको २७ औं मिनेटमा केविन गामेइरोले भ्यालेन्सियाका लागि गोल फर्काए। पहिलो हाफमा २(१ को अग्रता लिएको बार्सिलोनाको गोल थप्ने क्रम खेलको दोश्रो हाफमा पनि जारी रह्‍यो।

यस अवधिमा लुइस स्वारेजले टोलीका लागि दुई गोल गरे भने पिकेले एक गोल गरे। स्वारेजले खेलको ६१ र ८२ औं मिनेटमा गोल गरेका थिए भने पिके खेलको ५१ औं मिनेटमा गोल गरे। एजेन्सी 



प्रतिक्रिया दिनुहोस्