Logo

अवैध खसीबोका बरामद



कोहोलपुर,२९ भदौ खसीबोका धमाधम बरामद हुन थालेका छन् ।अवैध रुपमा ल्याएका खसीबोका प्रहरीले बरामद गरेको छ । नजिकिदै गरेको वडादशैँ र तिहारसँगै अवैध रुपमा खसीबोकाको व्यापार गर्ने गिरोहहरुको समूह मौलाउदै गएको छ । बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रियरूपमा लागिपरेका छन् । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्ययाइएका ठूलो मात्रामा खसीबोका नियन्त्रणमा लिएको जनाएको छ ।

कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा राखिएका ६४ खसीबोका प्रहरीले बरामद गरेको हो ।

नियमित जाँचको क्रममा इलाका प्रहरी कार्यालय कोहलपुरले जाँचका क्रममा ६४ खसीबोका नियन्त्रणमा लिइएको र खसीको मूल्य पाँच लाख बराबरको रहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको खसी तथा ट्रक चालक कृष्णप्रसाद पराजुलीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले बताएको छ । अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो नियन्त्रणमा लिने गरेको छ । करीब दुई साताअघि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका तीन लाख २० हजार मूल्यका ३९ खसीबोका राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्