Logo

‘बीआरआई निकै ठूलो प्रोजेक्ट हो, यसले सैन्य अभ्यासको परिकल्पना गर्दैन’ : प्रचण्ड



काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीआरआई निकै ठूलो परियोजना भएकोले यसले सामूहिक विकासको प्रयास गरेको स्पष्ट पारेका छन् ।

आइतबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको बीआरआई संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले बीआरई ठूलो प्रोजेक्ट भएको र यसबाट नेपालले फाइदा लिन सक्ने बताए।

उनले चिनियाँ राष्टपतिको नेपाल भ्रमण्को पूर्वसन्ध्यामा बीआरआईबारे बहस हुन महत्वपूर्ण कुरा भएको पनि बताए। प्रचण्डले भने, ‘यो सामूहिक विकासको प्रयास हो। यसबाट नेपालले धेरै फाइदा लिन सक्नेछ।’

प्रचण्डले दुई तिहाई जनसङ्ख्याले बिआरआईलाई सकारात्मक लिनु पछाडिको कारण यसले सुपर पावर बन्नका लागि कुनै सैन्य गठबन्धनको कुरा नगरेको बताए । उनले भने,‘यसले कुनै सुपर पावर बन्नका लागि सैन्य गठबन्धनको कुरा गरेको छैन । यसले सामूहिक धारणा र कलेक्टीभ एफोर्टको कुरा गरेको छ । हारमोनियस सोसाइटीको कुरा गरेको छ । त्यसकारण यो सबैलाई मान्य भएको छ ।’

उनले नेपालको लागि बिआरआई आवश्यक रहेको सुनाए । उनले भने,‘किनभने यसले रोड कनेक्टीभिटीको मात्र कुरा हैन, रेल, पाइपलाइन, कम्युनिकेशन कनेक्टीभिटी र संरचनागत कनेक्टीभिटी लगायत विशाल परियोजनामासमेट्न खोजिएको छ ।’ प्रचण्डले बिआरआईलाई अगाडि बढाउन केही ढिला भएको स्वीकार्दै अब सही समय आएको बताए ।

बिआरआईका प्रोजेक्ट छनौट गर्ने कुरामा र यसलाई अगाढि बढाउन भित्रबाट गृहकार्य गर्न केही ढिला भएको पनि प्रचण्डको गुनासो पोखे । उनले भने,‘तर अव यसलाई गति दिने समय आएको छ, राष्ट्रिय हितलाई प्रवद्र्धन गर्नको लागि सबै एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्