Logo

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी नर्विचसँग पराजित



लण्डन, २९ भदौ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी तुलनात्मक रूपमा कमजोर मानिएको नर्विच सिटीसँग ३-२ गोलले पराजित भएको छ ।

हिजोको खेलमा नर्विचले खेलको १८ औँ मिनेटमा अग्रता लिएको थियो। उसले केन्नी म्याकलिनले गोलमा अग्रता लिएको थियो । सो अग्रतालाई नर्विचले २८ औँ मिनेटमा टड क्यान्टवेको गोलमा दोब्बर पार्यो । त्यसपछि खेलको ४५ औँ मिनेटमा गोल गर्दै सर्जियो अग्युरोले म्यानचेस्टर सिटीलाई २(१ को अवस्थामा पुर्याए।

तर ५० औँ मिनेटमा टीमू पुकीले गोल गरेपछि नर्विचको अग्रता ३–१ मा भयो । यसरी पछि परेको म्यानचेस्टर सिटीका लागि ८८ औँ मिनेटमा रोड्रीले गोल गरे पनि नतिजा नर्विचको पक्षमा गयो र म्यानचेस्टर सिटीले ३-२ को हार बेहोर्‍यो। एजेन्सी 



प्रतिक्रिया दिनुहोस्