Logo

यी कलाकारका छोराछोरी नायकनायिका बनेर आए



बलिउड मिथून चक्रवर्तीका कान्छा छोराले बलिउडमा डेब्यू गर्ने पक्का भएको छ । चर्चित निर्देशक राजकुमार सन्तोषीको एक्सन–कटम मिथुनका कान्छा छोरा नमाशी चक्रवर्तीले डेब्यू गर्न लागेका हुन् ।

नमाशीसँगै बलिउड निर्माता साजिश कुरैशीकी छोरी अमरीन कुरैशीले पनि डेब्यू गर्ने जनाइएको छ । उनीहरु दुवैले डेब्यू गर्ने फिल्मको नाम “ब्याड व्वाई” हुनेछ । फिल्मले रोमान्टिक र कमेडी कथा पेस गर्नेछ ।

मिथुका जेठा छोरा मेमोले पनि नमाशी भन्दा अगाडि बलिउडमा डेब्यू गरेको हुन् । उनले बलिउडमा आफ्नो करियर बनाउन सकेनन् ।



प्रतिक्रिया दिनुहोस्