Logo

‘कास्की मा वामदेव कमरेडको सम्भावना छ’



नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली कसैले नचाहेपनि सफल हुने बताएका छन् । उनीसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि गरेको कुराकानी:

डेंगो नियन्त्रण गर्न सरकार किन असफल भयो ?
डेंगोको प्रभाव धेरै गर्मी ठाउँमा हुने हो । अहिले ग्लोबल वार्मिङ भइरहेको छ त्यो पनि एउटा कारण हो । यसको नियन्त्रणको लागि विशेष गरी चितवन लगायतका ठाउँमा विश्व स्वास्थ्य संगठन र प्राविधिकहरुको सहयोगमा काम भइराखेको छ । नेपाल डेंगो प्रभावका लागि वातावरणीय हिसावले उपयुक्त होइन । तर, कतिपय ढुवानीका साधनहरु, यातायातका साधन र अन्यबाट पनि यो रोगको आगमन भयो । यस विषयमा स्वास्थ्य मन्त्रालयले गरेको काममा अलिकति कमजोरी देखिएको छ । यो सरकारको मात्रै कारण होइन तर जनस्वास्थ्यमा सरकारकै जवाफदेहीता बढी हुन्छ । पछिल्लो समय डेंगोको प्रभाव ह्वात्तै बढेको नियन्त्रणका लागि सरकार अत्यन्तै सचेत हुनुपर्छ भन्ने लाग्छ ।
विपक्षी दलका नेताहरुले त स्वास्थ्यमन्त्रीको राजीनामा मागिसकेका छन् नि ?
विपक्षी दलले प्रधानमन्त्री मागिराखेको त्यस्ता कुरा त म टिप्पणी गर्दिँन । डेंगो रोग नियन्त्रणका लागि त्यति चुनौतिपूर्ण ठानेन जस्तो । तर अब धेरै चुनौति भइसकेको छ । अब विस्तारै ठन्डा पनि बढ्दै जान्छ त्यसकारण समाप्त त हुन्छ । तर, चिसो मौसम आउला र रोग हट्ला भनेर बस्नुहुँदैन । यसमा स्वास्थ्य मन्त्रालय, यससँग सम्बन्धित सबै पक्षहरु नियन्त्रणको लागि लागिरहनुपर्छ । यस्ता रोगहरुका लागि विशेष विभागहरु पनि छन् तर त्यसको भर नपरी सबै पक्ष नियन्त्रणको लागि लाग्नुपर्छ ।
यो रोगबाट त सर्वसाधारणभन्दा पनि नेता नै प्रभावित हुनथाले नि ?
जनमानसमा नेता चाहिं सुविधासम्पन्न ठाउँमा हुन्छन्, रोग सर्वसाधारणलाई मात्रै लाग्छ भन्ने थियो । अब नेताहरु त सुविधामा भएकाले रोगै लाग्दैन भन्ने त होइन रहेछ त भन्ने देखिएको छ । यसले जनता जहाँ छन् नेता पनि त्यही छन् भन्ने कुराको प्रमाणित गरेको छ ।
डेंगो नियन्त्रणको लागि सरकारले राम्रो काम गर्छ भन्नेमा आशावादी हुनुहुन्छ ?
म त्यसमा पूर्ण विश्वस्त छु ।
सरकारले कामै गर्न सकेन हरेक काममा चुकेको छ भन्ने आरोप छ नि ?
सरकारले जनताको समस्या समाधान गर्दै छ । एकपछि अर्को गरेर गरिरहेको छ । जनस्वास्थ्यको विषयमा सरकार मात्रै होइन जनता पनि सचेत हुन जरुरी छ । जनतालाई सचेत बनाउने काम राजनीतिकर्मी, सञ्चारकर्मी, सामाजिक अभियन्ता, जनप्रतिधिहरु सबैले गरिरहनुभएको छ । परिणाममा प्रतिकूल परिस्थिति आउँदा हामी सबै चिन्तित छौं ।
यसमा जनचेतनामूलक काम कम भयो नि ?
हो, यसमा सरकार पछि परेको । यो रोग नियन्त्रणको लागि व्यापक रुपमा जनमानसमा जनचेतनामूलक काम गरेर चेतना जगाउने काम गर्नुपर्छ । डेंगो के हो ? यसका लक्षणहरु के के हुन् । कसरी लाग्छ ? लागिहाल्यो भने के गर्ने ? जस्ता विषय चेतनामूलक काम ब्यापक रुपमा गर्नुपर्ने हो । नियन्त्रणको लागि सरकारले चुनौतीअनुसार जनचेतना र अभियान प्रभावकारी हुन सकेन । प्रकोपको बेलामा सबै पार्टीहरु एक भएर लाग्नुपर्नेमा आ–आफ्ना काम गरेर हिँडेका छन् । जनता नै नभए के राजनीति गर्ने ? त्यस कारण पार्टीहरुले पनि चुनौति अनुसारको चुतनामुलक काम गर्न सकेका छैनन् ।
अहिले यातायातको क्षेत्रमा कति समस्या तपाईं थाहा छ ?
मलाई राम्रो थहा छ । नेपाल र्दुगम क्षेत्र डुलिरहने मान्छे हुँ ।
नाकढुंगाबाट बाहिरेने गाडीहरुको समस्या बुझ्नुभएको छ ?
विगतका १०÷२० वर्षमा हुन नसकेका कामहरु १÷२ वर्षभित्र भएका छन् । कालोपत्रे अहिले धेरै भएको छ । सडक मर्मत र निर्माण धेरै भएका छन् । नारायणघाट–मुग्लिनको बाटो हेर्नुस्, त्यस्तै अरु ठाउँहरुको पनि हेर्नुस्, भर्खरै सम्पन्न पाइलाइनबाटै तेला आपूर्ति गर्ने काम, एयरपोर्ट मर्मत तथा निर्माणका काम, गौतमबुद्ध विमानस्थल, ३० वर्षदेखिको पोखरेलीको चाहनामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल लगायतका काम धेरै भएका छन् । अहिले विकास निर्माणका काम धेरै भएका छन् । यो व्यवस्थाप्रति अरुचि राख्नेहरुले हल्ला पैmलाउनु अलग कुरा हुन् ।
सरकारले राम्रो काम गरोस् भन्ने सबै चाहना हो तर हुन सकेको छैन नि ?
भ्रष्टाचारीलाई यो सरकारले निमूल बनाउँदै छ । यो सरकारले विगतदेखिका भ्रष्टाचारीहरु धमाधम गिरफ्तार गर्दै छ । अहिले भ्रष्टाचार बढेको होइन । भ्रष्टाचारीलाई छानीछानी कारबाही बढेको हो । हिजोका भ्रष्टाचारीहरु कालो कोठाबाट भ्रष्टाचार भयो भनेर अभियान चलाउँदैछन् । भष्टाचारीहरु जुनसुकै पार्टीका हुन्, जस्तो प्रकारका हुन् त्यसलाई अब सरकारले छोड्नेवाला छैन ।
तर विगत १५ महिनादेखि मलेसिया कामदार जान पाएका थिएनन् नि ?
हिजोबाट खुलेको छ । त्यसमा पनि केही अनियमितता थिए । मानिसहरु विभिन्न मेनपावरको माध्यमबाट जाने उहाँ पुगेपछि काम नपाएर अलपत्र पर्ने समस्या थियो । विभिन्न बहानामा कामदारहरु मारिने गरेका थिए । त्यसलाई सरकारमा रहेका नरहेका सबै दलको सहयोगमा नियमसंगत ढंगले कामदार पठाउने गरी समझदारी भएको छ । मानिसहरु त्यहाँ अलपत्र पर्नुनपरोस् भनेर अनुगमन गरी समाधान गरिएको छ ।
केपी शर्मा ओली सफल कि असफल प्रधानमन्त्री ?
केपी ओली असफल प्रधानमन्त्री होस् भनेर तपाईं हामीले कामना गरेर पनि हुँदैन । उहाँको व्यवहारले नै देखाइसकेको छ । संविधान कार्यान्वयनमा सम्पूर्ण मौलिकसँग बाँझिएका कानुनहरु निर्माण गरेर त्यसलाई नियम संगठन ढंगले परिचालन गरिएको छ । प्रदेश भन्ने नामोनिसाना थिएन । गाविसका कार्यालयहरु नामोनिसाना थिएनन् । त्यसलाई जग हालेर नयाँ ढंगले अगाडि बढाउनुपर्ने चुनौति थियो । यो चुनौतिको सामना गर्न उहाँले हरेक दिन १८/२० घण्टा खटेर काम गर्नुभएको छ । कहिलेकाँही आफ्नै पार्टीभित्र र बाहिरबाट जेलिएस हुने चलन हाम्रो छ । हमीले यो बुझ्नुपर्यो कि केपी ओली सरकारसँग असफलताको कुनै साइनो छैन ।
कास्कीको उप–निर्वाचनमा तपाईंहरुको उम्मेदवार वामदेव गौतम हुनुहुन्छ हो ?
तपाईंले एकजनाको नाम भनिहाल्नुभयो । सम्भावना त होला होइन भन्न सक्दिँन । कुरा यत्ति मात्र हो त्यहाँ सूर्य चिन्ह चुनाव लड्छ । त्यो क्षेत्र त्यहाँ प्रिय नेता रवीन्द्र अधिकारीको हो । उहाँको अकल्पनीय निधनले हामी शोकविह्वल छौं । त्यो शोकलाई शक्तिमा बदल्ने निधो कस्केलीले गरेका छन् । हामी उम्मेदवार को भन्दा पनि सूर्य चिन्ह त्यहाँ चुनाव लड्ने हो ।
रवीन्द्र अधिकारीकी धर्मपत्नीको पनि चर्चा छ नि ?
हाम्रो पार्टीभित्र कसलाई उम्मेदवार बनाउने भन्ने राय संकलन पनि भएको छैन । अहिलेसम्म यो उम्मेदवार बन्ने भनेर कसैको नाम लिएको पनि छैन । हाम्रा सञ्चारकर्मीहरुले बडो तीब्रगति यसलाई चर्चामा ल्याइरहनुभएको छ । त्यसको लागि यहाँहरुलाई धन्यवाद छ । त्यहाँ जो उम्मेदवार भए पनि तपाईको चित्त बुझ्दो नेता हुनुहुन्छ ।
अहिलेसम्म तपाईंले सुझाव दिनुभएको छैन ? फलानालाई उम्मेदवार बनाउँ भनेर ?
मैले व्यक्तिगत दिएको कुरा कहाँ भन्छु । म त संस्थागत निर्णय भएको कुरा बाहिर भन्छु नि ।
संस्थागत निर्णय कहिलेसम्म हुन्छ ?
यो चाहिने बेलामा छिट्टै भइहाल्छ ।
दशैंको समयमा सार्वजनिक यातायातमा समस्या हुन्छ कि हुँदैन ?
अहिले पेट्रोलियम पदार्थमा पनि मूल्य घटेको छ । केही समस्या छन् त्यसलाई सरकारले समाधान गरेर अगाडि बढ्छ । जनताका समस्या समाधान गर्न सरकार २४ सै घण्टा स्टेनवाइ छ ।
चाडपर्वमा सबैले घर जान पाउनुपर्छ हो ?
पाउनैपर्छ ।
सार्वजनिक यातायातमा समस्या हुँदैन ?
दशैं, तिहार र छठजस्ता महत्वपूर्ण चाडमा सबैले सहज ढंगले घर जान पाउनुपर्छ । बरु पहिला–पहिला भिडभाड हुन्थ्यो यसपालिको दशैंमा त सुनसान पो हुन्छ कि जस्तो छ ।



प्रतिक्रिया दिनुहोस्