Logo

सनी देओलका छोरा बने बलिउड नायक



बलिउडका एक्सन नायक सनी देओलका छोरा करण देओलले बलिउडमा डेब्यू गर्ने भएका छन् । उनले २० सेप्टेम्बरमा रिलिज हुन लागेको फिल्म “पल पल दिलके पास” बाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् ।

करणले फिल्म “यमला पगला दिवाना २ (२०१३) र द कपिल शर्मा सो (२०१६)” मा सहायक निर्देशकको काम गरेका छन् । उनलाई परिवार र साथीहरुले रक्की भनेर चिन्छन् । यस फिल्ममा करण र सहेर बम्बा मुख्य भुमिकामा रहेका छन् । अभिनेत्री सहेर बम्बाको पनि यो डेब्यू फिल्म हो ।

फिल्मको निर्देशन सनी देओल आफैले गरेका छन् । जि स्टूडियोज र सनी साउन्ड प्राइभेट लिमिटेडले फिल्मको निर्माण गरेका छन् । फिल्म २० सेप्टेम्बरमा सबै हलहरुमा रिलिज हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्