Logo

चितवनमा सचेतनामूलक प्रशिक्षण सम्पन्न



चितवन, २८ भदौ । चितवनमा समुदाय प्रहरी साझ्दारी अन्तर्गत सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिका १२ जिरौनास्थित पिस भिजन आवासीय माविको सभाहलमा लागूऔषध दुर्व्यसनी तथा कानुनी व्यवस्था सम्बन्धी सचेतनामूलक प्रशिक्षण २७ भदौमा सम्पन्न भएको हो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले लागूऔषध दुर्व्यसनी तथा कानुनी व्यवस्था सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

ईलाका प्रहरी कार्यालय टाँडी चितवन र पिस भिजन आवासिय माविको संयुक्त आयोजनामा संचालित उक्त कार्यक्रममा शिक्षकरशिक्षिका एवम् विद्यार्थीहरुको सहभागिता रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्