Logo

रिलिजकै दिन “ड्रिम गल” ले कमायो दश करोड



बलिउड नायक आयुष्मान खुरानाको फिल्म “ड्रिम गल” ले प्रदर्शनको पहिलो दिन १० करोड कमाएको छ । आयुष्मानको अहिलेसम्मको फिल्म करियर मै यो सबैभन्दा ठूलो ओपनिङ्ग हो । उक्त फिल्मले दुई दिनमा २६ करोड ४७ लाखको व्यापार गरेको छ ।

फिल्ममा आयुष्मानको काम, यसमा प्रयोग भएका संवादलाई दर्शकले रुचाएका छन् । कलाकार चलचित्रमा नुश्रत भरुचा, अन्नु कपुर, विजय राजकोे पनि अभिनय रहेको उक्त फिल्मलाई राज शान्दिल्याले निर्देशन गरेका छन् । चलचित्रलाई शोभा कपुर र एकता कपुरले निर्माण गरेका हुन् ।

आयुष्मान चलचित्रको विषयवस्तुलाई प्राथमिकता दिन्छन् । उनले अहिले सम्म ५ वटा चलचित्र लगातार हिट दिएका छन् भने छैटौ चलचित्र ‘ड्रिम गल’ हुने सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्