Logo

पर्वतमा सचेतनामूलक कार्यक्रम सम्पन्न



पर्वत, २९ भदौ । समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिका ७ स्थित फर्से धाइरिङ माध्यमिक विद्यालयमा लागूऔषध बिरुद्ध सचेतना तथा नियन्त्रण, बाल यौन दुर्व्यवहार, मानव बेचविखन, बालविवाह, ट्राफिक सचेतना, आधारभूत सुरक्षा र डायल १०० लगायतका विषयमा सचेतनामूलक प्रशिक्षण २७ भदौमा सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी मिलनचोकको सहकार्यमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उक्त विद्यालयका शिक्षक तथा बिद्यार्थीहरु एवम् प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्