Logo

लण्डनबाट ह्विलचेयरमा फर्किए इरफान खान



बलिउड अभिनेता इरफान खान आफ्नो फिल्मको शुटिङ्गसँगै न्यूरो इन्डोक्राइन टयुमरको शल्यक्रिया गरेर लण्डनबाट भारत फर्केका छन् । उनलाई फर्किने क्रममा मुम्बई एयरपोर्टमा ह्विलचेयरमा देखिएको हो ।
इरफान होमी अदजानिया निर्देशित फिल्म “अंग्रेजी मिडियम” मा काम गरिरहेका छन् । यो फिल्म सन् २०१७ मा रिलिज भएको “हिन्दी मिडियम” को सिक्वल हो । फिल्ममा करिना कपुर पनि मुख्य भूमिकामा देखिनेछिन् । फिल्ममा राधिका मदन, करीना कपूर खान र दीपक डोब्रियाललगायत अन्य कलाकारहरुको अभिनय देखिनेछ ।
उनी फिल्मको शुटिङ्गसँगै आफ्नो टयुमरको शल्यक्रियाको लागि लण्डन गएका थिए । सन् २०१८ मार्चदेखि नै इरफानले लण्डनमा न्यूरो इन्डोक्राइन टयुमरको उपचार गराइ राखेका थिए । करिब एक वर्ष बसेपछि इरफान सन् २०१९ अप्रिलमा भारत फर्किएका थिए । उनी फकिएपछि फेरी आफ्नो फिल्मको शुटिङ्गको लागि लण्डन पुगेका थिए । उनी १३ सेप्टेम्बरमा भारत फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्