Logo

नेपाली नायिका परमिताले खेलिन् भारतीय चलचित्र



नेपाली नायिका परमिता आरएल राणा भारतीय तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दैछिन् । उनले तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपी चन्दसँग चलचित्र “बेनामे” मा स्क्रिन सेयर गर्दैछिन् ।

परमिताको नयाँ चलचित्रको शुभमुहूर्त हैदरवादको मन्दिरमा गरिएको छ । चलचित्रलाई बिनु सुब्रह्मण्यमले निर्देशन गर्नेछन् । एक्सन–थ्रिलर जनरामा निर्माण हुन लागिएको उक्त चलचित्र निकै ठूलो बजेटमा निर्माण हुने जनाइएको छ ।

परमितमले चलचित्र “चपली हाइट २” बाट नेपली चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् । उनले आफ्नै स्वरमा धेरै गीतहरु निकालिसकेकी छिन् । उनी बेलाबेलामा प्रेम र अन्य विषयमा विवादमा आउने गरेकी छिन् । परमिताको नयाँ चलचित्र “द कर्मा” प्रदर्शनको पखाईमा छ ।

परमिता अभिनेत चलचित्र “रोज”, “चपली हाइट २”, “चंगा चेट” कुनैले पनि राम्रो व्यापार गरेका छैनन् । उनीले आफूलाई नेपाली चलचिमा अभिनेत्रीको रुपमा स्थापना गर्न ठूलो संघर्ष गर्ने क्रममा उनी अब भारतीय चलचित्रमा पुगेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्