Logo

पारस किन सधै चर्चामा



काठमाडौ, भदौ २९ । पूर्व युवराज पारस शाह अधिराजकुमार हुँदा होस् या युवराज हुँदा नै किन नहोस् चर्चामा आइरहे । आफ्नो उदण्ड स्वभावका कारण चर्चामा आउने उनी राजसंस्थाको अन्त भई गणतन्त्र स्थापनापछि पनि चर्चामा आइरहेका छन् ।

हिजो उनको नाम फेरि आयो । नेपालगञ्जमा उडान ढिलाई हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि भ्रष्टाचार अभियन्ता ज्ञानेन्द्र्र शाही जाइलागेपछि त्यहाँँ पारसको नाम फेरि उठ्यो । मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ‘एकजना व्यक्तिले पारसविरुद्ध हस्ताक्षर अभियान चलाएको कहाँ बिर्सेको छु’ भनेको उल्लेख गरे ।

पारसको उदण्डताविरुद्ध तत्कालिन विद्यार्थी नेता योगेश भट्टराईले हस्ताक्षर अभियान नै चलाएका थिए । त्यतिबेला पारस अधिराजकुमार थिए । उनीको अधिराजकुमार पद खोस्न र कारबाही गर्न हस्ताक्षर अभियान चलाइयो । पारस कहिले चितवनमा झगडा गरेर विवादमा आए त कहिले रेष्टुरेन्टमा झगडा गरेर ।

पूर्व युवराज भइसकेपछि उनी थाइल्यान्ड गई एकजना पारपाचुके गरेकी युवतीसँगको प्रेममा परेर चर्चामा आए । पारस लागूऔषध दुव्र्यसनीमा पक्राउ परे । बैंककबाट उनलाई छुटाएर काठमाडौं ल्याइएपछि पनि उदण्ड स्वभाव छाडेका छैनन् । उनले हालैमात्र विमानस्थलमा प्रहरीमाथि दुव्र्यवहार गरे ।

पारस हालैमात्र वसन्तपुर दरबारमा लागूपद्धार्थ सेवन गरेको अवस्थामा हिंडेको भिडियो सार्वजनिक भयो । उनी अहिले पनि विवादमा आउन छाडेका छैनन् । पारसको यीनै गतिविधि गणतन्त्रवादीको अस्त्र बन्ने गरेको छ । उदण्डको परिचय बनाएका पारसको नाम उल्लेख गरेपछि त्यससँग जोडिने जोकोही बदनाम हुने परिस्थिति बनेको छ ।



प्रतिक्रिया दिनुहोस्