Logo

जहाँ विश्वकै सुन्दर मानिस बस्छन्



दुनियाँको सुन्दर महिलाहरु जसलाई हेरेर हामी निकै दंग पर्न सक्छौ । ती महिलाहरु पाकिस्तानको उत्तरी भागमा हुन्जा नामक क्षेत्रमा बसोबास गर्छन् ।

दुनियाँका सबै भन्दा सुन्दर महिलाहरुको बसोबास रहेको हुञ्जा उपत्यकाबारे चासो बढ्न थालेको छ । ८७ हजार जनसंख्या रहेको हुन्जा उपत्यका असाध्यै सुन्दर छ । त्यहाँका मानिसहरुको औसत आयु एक सय वर्षभन्दा माथि छ जबकि पाकिस्तानको औसत आयु ६७ वर्ष छ
उनीहरुको सुन्दरताका कारण बासस्थान र खानपिनको शैली हो । अर्गानिक खाना खाने र हिमालबाट पग्लेको पानी पिउने गर्छन् । हिमनदीको पानी पिएकाले उनीहरुको मुहार हिउ जस्तै सफा छ ।

हुन्जाहरूले आफूलाई अलेक्ज्याण्डर महानको सन्तान भएको दाबी गर्छन् । अलेक्ज्याण्डरले उक्त क्षेत्र कब्जा गर्दा तिनीहरू अस्तित्वमा आएका थिए । तिनीहरू त्यहाँ गाउँहरूमा बस्न थाले र एक–अर्कामा विवाह गरेका थिए । उक्त ठाउँको बाताबरण नै भिन्न किसिमको रहेको छ । हुन्जा चर्चामा आएको कारण त्यहाँको एक मानिस बेलायत जाँदा उनको पस्स्पोर्टमा जन्म दिन १८३२ रहेको कारण थियो । उमेरभन्दा ३० वर्ष कान्छा देखिएका थिए ती मानिस । यसले विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।



प्रतिक्रिया दिनुहोस्