Logo

आलुले लियो चार जनाको ज्यान



आलुले पनि ज्यान लिन्छ ? त्यसमाथि पनि त्यसबाट निस्केको ग्याँसले ? तर, रुसको चेल्याबिन्स्क क्षेत्रमा आलुले चार जनाको ज्यान लिएको छ ।

कुहिएको आलुबाट चार जनाको मृत्यु भएको हो । उक्त घटना रुसको स्थित म्याग्निटका गाउँमा भएको हो । कुहिएको आलुबाट निस्केको हानिकारक ग्याँसले उनीहरुको मृत्यु भएको हो । एक तलाको घरको भुइतल्लामा कार्बन डाइअक्साइड ग्यास उक्त आलुबाट संकलन भएको थियो । बेसमेन्टमा तल आउँदा उक्त ग्याँसले विषको रुप लिएको हुदा चार जनाको मृत्यु भएको हो ।

ग्याँस निस्केको कही समयपछि तल्लो तल्लामा चार जनाको लास फेला परेको थियो । यसमा तीन जना युबक र एक जना बालक रहेको पुष्टि भएको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्