Logo

इस्लामको पवित्र तीर्थस्थल मक्का रहेको साउदीमा किन भयो आक्रमण



साउदी अरब मक्का मदिना भएको देश हो । यसलाई इस्लामहरुले पवित्र भूमिका रुपमा लिन्छन् । तर, त्यही भूमिमा आक्रमण भएको छ । त्यो पनि यमनको इस्लाम धर्मालम्बी विद्रोही हुथीबाट ।

यो घटनालाई लिएर अरब देशहरु गम्भीर भएका छन् । शनिबार भएको आक्रमणले अरबका दुइ ठुला तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ ।
इस्लामिक विश्व र विश्वशक्तिहरूले मध्यपूर्वमा नयाँ हटबेड स्थापना गर्ने प्रयासलाई विफल पार्न सक्दो प्रयास गर्नुपर्ने बारे आवाज उठेको छ ।
सँसारका एक अरब इस्लामका दुश्मनहरूले विभिन्न सशस्त्र समूहहरूको हातबाट आक्रमण गराइरहेको समेत भनिएको छ । रुसको प्रान्त चेचेन्याले पनि घटनाबारे गम्भीरता देखाएको छ । उसको नेताले यसप्रति चासो व्यक्त गर्दै पवित्र भूमिमा आक्रमणलाई गम्भीरताका साथ लिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्