Logo

सेरेनालाई युएस ओपन टेनिसमा हराउने बियान्काको यो अवतार (तस्बिरसहित)



बियान्का भेनेसा एन्ड्रीस्कु क्यानाडाई पेशेवर टेनिस खेलाडी हुन् । सेप्टेम्बर २०१९ मा करियरको उच्च एकल वरियतामा पुगेकी छिन् । उनले युएस ओपन टेनिसको उपाधि पनि जितिन् । त्यो पनि पूर्व विश्व नम्बर एक सेरेना विलियम्सलाई पराजित गरेर ।

१९ बर्षीया बियान्काले यसपाली आयोजित यू एस ओपनमा सेरेनालाई हराएपछि निकै चर्चामा आइन् । सेरेनासँग उनको १८ वर्ष उमेर फरक छ । यसअघि यही प्रतियोगितामा उनी छनोट समेत हुन सकेकी थिइनन् । पहिलोपटक युएस ओपन खेलेर फाइनल नै जितिन् ।

तस्बिरः इन्सटाग्राम



प्रतिक्रिया दिनुहोस्