Logo

५० करोड भन्दा बढीको घोटाला सरकारको स्वीकृतिमै हुन्छ : भुषाल



काठमाडौं, २९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुषालले ठूलो रकमको भ्रष्टाचारमा सरकारको संलग्नतारहेको आरोप लगाएका छन् । उनले सरकारको संलग्नताविना ठूलो भ्रष्टाचार सम्भव नहुने बताएका छन् ।

बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा आज काठमाडौंमा भएको गान्धी अध्ययन शान्ति केन्द्रको कार्यक्रममा बोल्दै नेता भुषाालले यस्तो गम्भिर कुरा उठाएका हुन् । उनले ५० करोड रुपैयाँभन्दा बढीको घोटाला सरकारको स्वीकृतिमै हुने गरेको दाबी गरे ।

भ्रष्टाचारका ठूला काण्डहरुमा सरकार र प्रतिपक्षीले कुनै प्रश्न नगर्ने उनको आरोप थियो । नेता भुषालले सरकारमा रहेकाहरुले आफ्नो अहंकार प्रदर्शन गर्दै संविधानप्रतिको दायित्व पूरा नगर्ने हो भने लोकतन्त्र खतरामा पर्नेपनि सुनाए ।

भूसालले राजनीतिक दलहरुको अकर्मन्यताका कारण प्रजातन्त्र गुम्ने खतरा बढेको बताएका छन् । नेता भूसालले प्रजातन्त्र जोगाउन नेपाली कांग्रेस र नेकपाबीच सहकार्य आवश्यक रहेको बताए । नेता भूसालले देशको आर्थिक वृद्धि यो गतिले हासिल हुन नसक्ने भन्दै समाजवादबाट मात्र नेपालको समृद्धि हुने बताए ।



प्रतिक्रिया दिनुहोस्