Logo

नेपालमा लोकतन्त्र साँच्चै नै खतरामा परिरहेका छ : प्रदीप गिरी



काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले पछिल्लो समय नेपालमा लोकतन्त्र खतरामा परिरहेको चिन्ता व्यक्त गरेका छन् । बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा आज काठमाडौंमा भएको गान्धी अध्ययन शान्ति केन्द्रको कार्यक्रममा बोल्दै नेता गिरीले यस्तो खतरा औंल्याएका हुन् ।

गिरिले नेपालमा लोकतन्त्र साँच्चै नै खतरामा परिरहेको बताए । संसदभित्र विभिन्न विषयमा विवाद हुने गरेको र सर्वोच्च अदालतले समेत त्यस्ता विषयलाई टुङ्ग्याउन नसकेको भन्दै उनले संसदप्रति जनताको विश्वास घटेर जाने खतरा बढेको बताए ।

गिरीले जनयुद्ध, ओखलढुङ्गा, झापा काण्ड हुँदै नेपालको राजनीति यहाँ आइपुगेको संस्मरण गरे । नेपालको संविधानमा भएको प्रावधानप्रति देशमा गहिरो असन्तोष रहेको बताउँदै उनले संविधानका सबै अंशीयार तथा लोकतन्त्रका संस्थाको न्यूनतम सहमतिविना संविधान घोषणा भएकाले लोकतन्त्र खतरामा बताए ।



प्रतिक्रिया दिनुहोस्