Logo

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार



अछाम, २९ भदौ । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदमाथि आज साँझ गोली प्रहार गरिएको छ । दुई अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् । उनी गाउँपालिका कार्यालय रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए ।

अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । उक्त समयमा शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत अध्यक्ष साउदसँगै रहेका थिए ।

“हामीले हतियार खोस्न खोज्दा दुवै जना भागे”, अध्यक्ष साउदले भने । प्रहरी नायब उपरीक्षक शाहीले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र अध्यक्ष साउद सकुशल रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्