Logo

विश्वभर तेलको मूल्यमा भारी वृद्धि, २८ वर्षको किर्तिमान तोडियो



काठमाडौं, भदौ ३० । पेट्रोलियम पद्धार्थको मूल्य एकैरातमा २० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि २८ वर्षयताको किर्तिमान हो । आज मूल्यवृद्धि भई प्रति ब्यारल ७१ डलर सम्म पुगेको हो । यसअघि प्रति ब्यारल ६० डलरभन्दा कममा कारोबार भइरहेको तेलको मूल्य एकैरात १२ डलर वृद्धि भएको हो ।

साउदी अरबको दुईवटा तेल प्रशोधन केन्द्रमा ड्रोन हमलाले क्षति पुर्याएपछि संसारभर तेलको आपूर्तिमा कटौती हुनाले मूल्य वृद्धि भएको हो । साउदी अरब विश्वकै सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो । उसको आधा उत्पादन कटौती भएको छ । यसबाट विश्व बजारमा पाँच प्रतिशत आपूर्ति घटेको छ ।

यमनका हुथी विद्रोहीले साउदी अरबको तेल प्रशोधन केन्द्रमा आक्रमणको जिम्मा लिएका छन् । तर, अमेरिकाले इरानमाथि आक्रमणको आरोप लगाएको छ । हुथीलाई इरानले सघाउ पुर्याएको बताइन्छ ।

मध्यपूर्वमा तनाव बढ्दा तेलको उत्पादन घट्न जाँदा विश्व व्यापारमा प्रभाव पर्ने भएको छ । कच्चा तेलको मूल्य वृद्धिसँगै विश्वभर तेलको खुद्रा मूल्यमा पनि वृद्धि हुने देखिदैछ । यसबाट नेपाली उपभोक्ता समेत प्रभावित हुनसक्छन् ।



प्रतिक्रिया दिनुहोस्