Logo

ज्ञानेन्द्र शाह चुप लाग्दा ज्ञानेन्द्र शाही किन बोले



काठमाडौं, ३० भदौ । पूर्व राजा ज्ञानेन्द्र शाह मौन छन् । उनी पछिल्लो समय बोल्न छाडेका छन् । बेला बेलामा बोलेर देशका बारे चिन्ता जाहेर गर्ने उनी आजकल मौन छन् । बैंककमा उनको ओहोरदोहोर बाक्लिएको छ । राजसंस्था फर्काउने चलखेल अन्र्तगत भएको आशंकाका रुपमा यसलाई लिइएको छ ।

आफू मौन बसेपनि पूर्व राजा ज्ञानेन्द्र शाहले बोल्नु परेको छैन । उनका पक्षमा अरुले बोलिदिन थालेका छन् । अहिलेको राजनीतिक प्रणालीप्रतिको वितृष्णाले उनीप्रति सहानुभूती बढेको छ । उनका पक्षधरको सक्रियता बढेको छ । इन्द्रजात्रामा राजा चाहियो भन्दै प्रदर्शन समेत भयो । यो झण्डै एक दशकपछि भएको हो ।

पूर्व राजाको पक्षमा केही सेलिब्रिटीहरु नबोलेपनि यसको आशयहरु देखिनथालेको छ । ज्ञानेन्द्र शाहीले पूर्व राजा ज्ञानेन्द्र शाह भ्रष्टाचारी र देशद्रोही नभएको भन्दै पक्षमा बोलेका थिए । उनले वर्तमान सत्ता र गणतन्त्रवादी नेताहरुप्रति कडा आलोचना गर्दै आएका छन् । यसले उनी कतै पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रयोग त भएका होइनन् ? भनी प्रश्न उठाउन थालिएको छ ।

शाहीले नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईप्रति अराजक व्यवहार देखाए । मन्त्रीले विमान कुराएको घटनाप्रति उनले पोखेको आक्रोशको पक्षमा विपक्षमा समर्थन र विरोध देखियो । कतिपयले उनलाई राजावादीबाट संचालित भन्न थालेका छन् । पारसविरुद्ध हस्ताक्षर अभियान चलाएको भनी मन्त्री भट्टराईमाथि खनिएको विषय उठ्यो । यसबाट उनी राजनीतिक उद्देश्यबाट प्रेरित रहेको आशंकाहरु भएका छन् । सत्तारुढ नेकपाका कार्यकर्ताले शाहीलाई राजावादीको आरोप समेत लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्