Logo

मोटरसाइकल सवारमाथि गोली प्रहार



रुपन्देही, ३० भदौ । मोटरसाइकलमा सवार गरिरहेको समयमा  गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका ५ बस्ने महेन्द्र कुर्मी रहेका छन् । उनलाई रोहिणी गाउँपालिका ५ रोहिणी पुलस्थित भैरहवा धकधई सडकमा अपरिचित व्यक्तिले गोली प्रहार गरेका थिए । कुर्मीको २९ भदौको दिउँसो मृत्यु भएको हो ।

नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले लु.९ प ८२३५ नम्बरको मोटरसाइकलमा सवार कुर्मीलाई पछाडिबाट गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात तत्काल ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्