Logo

सोह् हजार गाँजाका बोट नष्ट



काभ्रेपलाञ्चोक, ३० भदौ । अवैध रुपमा रहेका गाँजाका बोट प्रहरीले नष्ट गरेको छ । पनौती नगरपालिका १ स्थित खानी गाउँमा सार्वजनिक तथा व्यक्तिको जग्गामा प्राकृतिक रुपमा उम्रिएका लागूऔषध गाँजाका करिब १६ हजार बोट २८ भदौमा प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रे, ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी कुशादेवीबाट खटिएको प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीयबासी समेतको सहभागितामा काटी उखेली  गाँजा फडानी गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्