Logo

ज्ञानेन्द्र शाही रिहा, मुद्दा नचलाईएको प्रहरीको दाबी



काठमाडौं, ३० भदौ । पर्यटनमन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । गएको शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरको विमानभित्र उनले मन्त्री भट्टराईलाई विमान होल्ड गराएकोमा जथाभावी गाली गलौज र अभद्र व्यवहार गरेका थिए ।

विमानमा मन्त्रीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर प्रहरीले उनलाई आइतबार हिरासतमा लिएको थियो । उनलाई सोमबार बिहान छोडिएको र मुद्दा नचलाइएको ललितपुर प्रहरी परिषरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्