Logo

बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ



काठमाडौं, ३० भदौ । बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका १० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा प्रहरीले सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई रहेका छन् । राई बा.४ ख ८२ नम्बरको बसका सहचालक हुन । उनलाई आज विहान प्रहरीले पक्राउ गरेको हो ।

सोही चोकमा बालिका फेला परेको खबर पश्चात महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखाकी ११ वर्षीया बालिका फेला पारी अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्र जबरजस्ती करणी गरेको खुल्न आएको छ । उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगी छाडेको खुल्न आएपछि राईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्