Logo

करणी गरेको अभियोगमा ७३ बर्षीय बृद्ध पक्राउ



बर्दिया, ३० भदौ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना बृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका १ पाठक चोक बस्ने ७६ वर्षीय भक्तबहादुर सुनार रहेका छन् । उनलाई २९ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई ललाई फकाई सोही ठाउँस्थित सहमती सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको खबर पश्चात ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्