Logo

अवैध औषधी बरामद



बाँके, ३० भदौ । सशस्त्र प्रहरी बलको टोलीले अवैध औषधी बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जयसपुरबाट २९ भदौमा सशस्त्र प्रहरी बलको टोली करीव दुई लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको हो ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्वर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको सशस्त्र प्रहरी बलको टोली बरामद गरेको जनाएको एपीएफले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्