Logo

चोरीपैठारीको मोटरपार्ट्स बरामद



रौतहट, ३० भदौ । सशस्त्र प्रहरी बलको टोलीले चोरीपैठारीको मोटरपार्ट्स बरामद गरेको छ । गौर नगरपालिका २ स्थित महादेवपट्टीबाट सशस्त्र प्रहरी बलको टोलील २९ भदौमा करीव एक लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स बरामद गरेको हो ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त मोटरपाटर्स सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको जनाएको छ ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot