Logo

कटुवा पेस्तोलको गोली सहित पक्राउ



धनुषा,३० भदौ । एपीएफ टोलीले कटुवा पेस्तोलको गोलीसहित एक जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट २७ भदौको मध्यरातमा करीव साढे १२ बजे एपीएफ टोलीले एउटा कटुवा पेस्तोल तथा ७.६२ मि.मि. को दुई वटा गोलीसहित युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही जिल्लाको धनौजी गाउँपालिका २ बस्ने अन्दाजी मनिष मिश्र रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको जनाएको छ ।

सोही जिल्लाको लोहनाबाट धनौजीतर्फ साइकलमा जाँदै गरेका मिश्रलाई गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित कटुवा पेस्तोल तथा गोली फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका मिश्रलाई बरामद हतियार तथा गोलीसहित आवश्यककारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको एपीएफ टोलीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्