Logo

सिंहरदबारभित्र पत्रकार पक्राउ (फोटोफिचर)



काठमाडौं, ३० भदौ । सिंहदरबारभित्र आज दिउँसो पत्रकारको नारावाजी चल्यो । करारका कर्मचारी हटाइएको विरोधमा पत्रकारसम्वद्ध संघसंस्थाका प्रतिनिधिसहित पुगेका उनीहरुले रेडियो नेपालका प्रतिनिसँग छलफलमा बसे । उनीहरुले हटाइएका पत्रकारको पुर्नवहालीको माग गरेका थिए । तर, रेडियो नेपालका प्रतिनिधिले पुर्नबहाली गर्न नसक्न्े बताएपछि पत्रकारहरु नारावाजी गर्न थालेका थिए ।

पत्रकारहरुले जायज माग पूरा नभएको भन्दै ताला लगाए । ताला लगाएको लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेपछि नारावाजी हुँदा सिंहदरबारभित्र खैलाबैला मच्चिएको थियो । पत्रकारहरुलाई नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबमा राखिएको छ । पक्राउ परेकाहरुमा रामप्रसाद दाहाल, अजयबाबु सिवाकोटी, जन्मदेव जौसी, दिलिप पौडेललगायत छन् ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्