Logo

अनमोलकी हिरोइन जशिता



काठमाडौं,३० भदौ । अनमोल केसीले सबैजसो स्तरीय फिल्म खेलेका छन् । उनी जुनसुकै र जस्तोसुकै फिल्म खेल्न रुचाउँदैनन् । उनी स्तरीय फिल्म खेलेर आफ्नो स्टारडम जोगाई राख्ने जेनयुन कलाकार भित्र पर्दछन् ।

सुपरस्टार पिता भुवन केसीको रेखदेख र मार्ग्निर्देशन सहित पारिवारिक पृष्ठभूमिमा हुर्किएका अनमोल सबै कुरामा सम्पन्न छन् । पारिवारीक पृष्ठभुमी स्तरीय भएकै कारण अनमोलले सेलेक्टेड फिल्म गर्ने आफ्नो योजनामा फेरी अर्को प्रोजेक्टलाई अगाडी बढाएका छन् । आजको समयमा युवाहरुमा सुपरस्टारको क्रेज बढ्दै गएको छ ।

प्रोडक्सन भ्यालुलाई सधै उच्च प्राथामिकतामा राख्दै अनमोल यतिबेला होम प्रोडक्सनबाट बन्न लागेको नयाँ फिल्म ‘एन्टी हिरो’को मेकिङमा सक्रिय देखिन्छन् ।
सोमबार मात्रै अनमोलको नयाँ फिल्म ‘एन्टी हिरो’को टाइटल चलचित्र बिकास बोर्डमा दर्ता गरिएको खबर बाहिर आएको छ ।

एक्सन लभ स्टोरी जनरमा बन्ने अनमोलको फिल्मलाई सम्भवत बलिउडका भारतीय निर्देशकले निर्देशन गर्ने सम्भावना रहेको यो फिल्ममा हिरोइनका रुपमा जशिता गुरुङलाई रहने भएकी छिन् ।

भारतमा नाम चलेका निर्देशकले यो फिल्म निर्देशन गर्ने छन् । यदि यो समभव नभएमा भुवन केसी आफैं निर्देशकका रुपमा उत्रिने स्रोतले जानकारी दिएको छ । यो फिल्ममा अनमोलका पिता भुवन केसी एक मुख्य कलाकारका रुपमा देखिनेछन् भने एन्टी हिरोको क्यारेक्टरमा अनमोल रहने भएका छन् । यो फिल्ममा सुरुदेखि अन्तसम्म नै भुवन केसी र अनमोलको टकराव रहने देखिन्छ ।

तिहार सकिए लगत्तै फ्लोरमा जाने तयारी सहित आज दर्ता गरिएको यो प्रोजेक्टमा प्राविधिक देखि लिएर अन्य कलाकार पनि ए ग्रेडका रहने स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्