Logo

मोबाइल टावरले सात बर्षीय बालकको ५२६ दाँत



भारतको चेन्नईमा सात वर्षीय बालकको मुखबाट ५२६ वटा दात निकालिएको छ । शल्यक्रियाबाट बालकको दाँत निकालेपछि अध्ययन गर्दा मोबाइल टावरको विकिरणका कारण भएको पत्ता लागेको छ ।

डाक्टरहरूले मोबाइल सेलको टावरबाट आनुवंशिकी र विकिरणको सम्भावित कारण बालकमा यस्तो लक्षण देखा परेको बताएका छन् । मोबाइल टावरले निकै हानी पुर्याउर्ने गर्छ ।

बालकको अवस्थालाई “कम्पाउन्ड कम्पोजिट ओन्डोन्टोमा भनिन्छ । थप दाँतहरू बालकको बंगाराबाट बढ्दै गएको थियो । ती सबै आधा इन्च वा सानो (०.१ देखि १ मिलिमिटर) आकारका बताएका छन् ।

सामान्यतया दात जसरी निस्किन्छ सोहि क्रम उक्त दाँतहरु सानो आकारमा निस्केको बताइउको छ । जब बालकको मुख सुन्निन थालियो परिवार डरायो । उक्त क्रममा डाक्टरलाई देखाउन जादा निस्कर्ष केहि ननिस्केको बताइयो । बालकलाई अति पीडा हुने गरेको थियो । एक्स–रेमा पछि चिकित्सकले सानो सानो दात फेला पारेका थिए ।

कम्पाउन्ड कम्पोजिट ओडोनटोमा तुलनात्मक रूपमा सामान्य, सौम्य, ढिलो बढ्दो ट्यूमरको रूपमा वर्णन गरिएको छ । यसलाई दन्त एक्स–रेमा सामान्यतया पत्ता लगाइन्छ । कुनै लक्षण हुनभन्दा धेरै पहिले र घटना बिना नै हटाइन्छ । बालकको केसमा अधिक इम्बेडेड दाँत समावेश भएको छ ।-एजेन्सी Photo Source: People



प्रतिक्रिया दिनुहोस्