Logo

चन्द्रमामा बस्ती बसाउन यस्तो छ तयारी



चन्द्रमामा कसरी बस्ने र कसरी काम गर्ने बारे नासाले अध्ययन अनुसन्धान गरिरहेका छ । पृथ्वीमा गुरुत्वोकर्षण मानिसलाई चाहिने जति भएको कारणले पृथ्वीमा काम गर्न र बस्न सजिलो हुने गर्छ । चन्द्रमाको भने ६ गुणा कम गुरुत्वाकर्षण शक्ति रहेको छ । सो कारणले त्यहाँ बस्न र काम गर्न निकै कठिन हुन्छ ।

पृथ्वीको वातावरण अनुसार कसरी काम गर्ने भन्ने बारे नासाले खोजी गरिरहेका छन् । पानीमा हिड्ने जस्तो कठिन छ चन्द्रमामा हिड्न उत्तिकै कठिन छ ।

ह्युस्टनको जानसन स्पेस सेन्टरको नासाको तटस्थ बुयन्सी प्रयोगशालामा टोलीहरू अन्तरिक्ष यात्रीहरू कसरी बस्ने र चन्द्रमामा कसरी काम गर्ने भनेर मुल्यांकनको प्रारम्भिक चरणमा रहेको छ । नमूनाहरू संकलन गर्दै आएको छ । २०२४ मा आटेमिस ३ को साथ शुरू गरेर चन्द्रमामा हुने प्रयोगहरू तैनाथ गर्दै र प्रयोग ल्याउदै गरेको बताइएको छ ।

नासाका अन्तरीक्ष यात्रीहरूले हिंड्ने अनुकरण गर्न विशेष पोशाक र प्रविधि प्रयोग गर्छन् । जसलाइ वेटेड वेस्केट र ब्याकप्याक्स भनिन्छ । अन्तरिक्ष यात्री फउस्टेल र डन पेटिट विशाल तलाउमा प्रशिक्षण लिइरहेका छन् । मुख्य रूपमा अन्तराष्ट्रिय अन्तरीक्ष स्टेशनमा अन्तरीक्ष यात्रीहरूको लागि प्रशिक्षण दिन प्रयोग गरिन्छ । Photo Source: Medium.com



प्रतिक्रिया दिनुहोस्