Logo

विमानभित्र हुलहुज्लत हुँदा बुद्ध एयर एकातिर ढल्किएको प्रष्टिकरण (पत्रसहित)



काठमाडौं, भदौ ३० । शनिबार नेपालगञ्जमा भएको बुद्ध एयर उडानमा ढिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईका कारण भएको बुद्ध एयरले स्पष्टीकरण दिएको छ ।

सोमबार नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई पठाएको प्रष्टिकरणमा बुद्ध एयरले मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको स्वीकार्दे मन्त्रीका सहयोगीले बिमानस्थल नजिकै आईसकेको भनेर झुटो बोलेको पनि उल्लेख गरेको छ ।

तर मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले जनाएको छ । बिमान भित्र सबै संगै पसेको र मन्त्रीमाथी आक्रोस ब्यक्त गर्दा विमान एकातिर ढल्केको उक्त पत्रमा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्