Logo

११ वर्षीया बालिका बसभित्रै बलात्कृत, १० वर्षीयालाई प्रयास



काठमाडौं ३१ भदौ । राजधानीको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन्। मनमैजुमा चल्ने बसभित्र ती बालिकालाई सहचालकले बलात्कार गरेको बुझिएको छ ।

टोखा नगरपालिका ग्रिनल्याण्ड चोक बस्ने ११ वर्षीया बालिका अर्की १० वर्षीया साथीसँगै डेरा बिर्सिएर मनमैजु पुगेकी थिइन् । बसका चालक र सहचालकलाई ‘अंकल हामीलाई घर पुर्‍याइदिनु न’भनेर आग्रह गरे पनि सहचालक र चालकले आफ्नै घरमा लगेका थिए। साथमा कुकुर समेत बोकेका ती बालिकाहरुलाई चालक र सहचालक दाजुभाईले खाना खान दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नीरिक्षक समिरजंग राणाका अनुसार राति साढे १० बजे सहचालक बसमा सुत्न पुगे। बालिकाहरु पनि ‘हामी पनि बसमै सुत्छौं’भनेर बसभित्रै छिरेका थिए ।

‘बसभित्र खेल्दै गर्दा दुवै बालिका निदाए। प्रारम्भीक अनुसन्धानमा राति साढे एक बजे ११ वर्षीया बालिकालाई सहचालकले बलात्कार गरेको स्वीकारेका छन् । १० वर्षीयालाई बालिकालाई भने बलात्कारको प्रयास गरेको पाइयो,’प्रहरी नीरिक्षक थापाले भने ।

सोमबार बिहान बालिकाहरु रुँदै चिच्याएपछि स्थानीय र प्रहरीले सोधपुछ गरेका थिए। बालिकाले आफूहरुमाथि भएको दुर्व्यवहार विस्तार गरेपछि प्रहरीले बसका सहचालकलाई पक्राउ गरेको छ।



प्रतिक्रिया दिनुहोस्