Logo

नक्कली भ्याट बिलसम्बन्धी मुद्दाको फाइल सर्वोच्च अदालतले खोल्यो



काठमाडौं ३१ भदौ । सर्वोच्च अदालतले करिब एक दशक अघिको चर्चित नक्कली भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ ।

त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानासहितको इजलासले करिब डेढ दर्जन मुद्दा निरन्तर सुनुवाइका लागि आगामी मंसिर १ का लागि ‘हेर्दाहेर्दै’मा राखेको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिजन, महेश बानियाँ, अरुण इन्टरकन्टिनेन्टल र एआईटी प्रालि जोडिएका मुद्दाको सुनुवाइ थालेको हो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्