Logo

ज्ञानेन्द्र शाहीलाई पोखरा र धनुषामा निषेध



काठमाडौं, भदौ ३१ । नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शाहीलाई कास्की र धनुषामा प्रवेशमा निषेध गरेको छ।

नेपालगन्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेको, राजावादीको पक्षपोषण गरेर परिवर्तनलाई चुनौती दिएको भन्दै संघको कास्की जिल्ला कार्यसमितिले एक प्रेस विज्ञप्ति जारी गर्दे जिल्ला प्रवेशमा शाहीलाई निषेधको घोषणा गरेको हो।

जिल्ला अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम सुवेदीद्वारा जारी विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई गलत अभियानमा संलग्न कुपात्रको रूपमा चित्रण गर्दै गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने घोषणा गरिएको उल्लेख छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोज्ने, द्वन्द्व सिजना गर्न उस्काउनेहरु पछिल्ला उपलब्धी र परिवर्तनको विरोेधी तत्वबाट प्रायोजित तथा सञ्चालित रहेको संघको विज्ञप्तिमा उल्लेख छ। आजको नागरिक दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्