Logo

ओलीको मोदीलाई गुजराती भाषामै शुभकामना



काठमाडौं, भदौ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका छन् । मंगलबार बिहान  अंग्रेजी, हिन्दी र गुजराती भाषामा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई शुभकामना दिएका छन् ।

‘प्रधान्मन्त्री नरेन्द्र मोदीजी तपाईलाई जन्मदिनका हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् । ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’।

‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्