Logo

राष्ट्रिय टोलीले हारेपनि किशोर टोलीले देखायो कुवेतसंग बहादुरी



काठमाडौं, भदौ ३१ । एएफसी यू–१६ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरीमा चित्त बुझाएको छ । जोर्डनमा जारी प्रतियोगितामा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेल्दै बराबरीमा रोकिएको हो ।

खेलको दोस्रो हाफ अन्र्तगत ७४औं मिनेटमा दिपेशराईले पहिलो गोल गर्दे शुरुवाती अग्रता लिएपनि कुवेतका अब्दुलवाहब अलहिन्दिले खेलको इन्जुरी समयमा थप गरिएको पाँचौ मिनेटमागोल फर्काउन सफल भएका थिए ।

बराबरीसँगै समूह ‘ए’ मा नेपालले २ खेलबाट १ अंक जोडेको छ । कुवेतले २ खेलमा ३ अंक जोडेको छ । अब नेपालले ३ असोजमा ताजकिस्तानसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा नेपालले ५ असोजमा श्रीलंकासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्