Logo

प्रत्येक १६ मध्ये एक अमेरिकी महिलाको पहिलोपटकको सम्बन्ध ‘बलात्कार’



पहिलोपटकको शारीरिक सम्बन्ध सबैका लागि उत्सुकता र भयको विषय बन्नसक्छ । त्यसमाथि महिलाका लागि यसको विशेष अर्थ रहन्छ । तर, एउटा अध्ययनले धेरै महिलाका लागि पहिलोपटककको सम्बन्ध बलात्कार जस्तै भएको छ ।

अमेरिकामा तयार पारिएको अध्ययनको नतिजा सोमबार जेएएमए इन्टरनल मेडिसिनमा प्रकाशित गरिएको छ । अध्ययनका अनुसार १६ मध्ये एक महिलाले पहिलो शारीरिक सम्बन्ध जर्बजस्ती करणी मानेका छन् । उनीहरुका लागि यसबाट आनन्द भन्दा पनि तनाव र पीडा अनुभव भएको छ ।

अध्ययनले सात प्रतिशत महिलाले १५ वर्षको किशोरावस्थामा नै शारीरिक सम्बन्ध राखेको देखाएको छ । त्यसमा पनि पुरुष उनीहरुभन्दा औसत सात वर्षले जेठो हुनेगरेको उल्लेख छ । यसको अर्थ महिला १५ वर्ष हुँदा पुरुष २२ वर्षको हुन्थ्यो ।

मनखुशीले शारीरिक सम्बन्धका लागि तयार नभई जोडबलमा गर्ने महिलामध्ये आधाले उनीहरुलाई जर्बजस्ती पल्टाएर सम्बन्ध राखिएको थियो । आधाले भने धम्क्याएर शारीरिक सम्बन्धका लागि तयार पारिएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्