Logo

दशै अगाडी नै नेपाल दक्षिण एसियाको पहिलो खुला दिशामुक्त देश



काठमाडौं, भदौ ३१ । संघीय राजधानी काठमाडौंलाई आज खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने तयारी भईरहेको छ । सरकारले आज काठमाडौंलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेसंगै स्मार्ट सिटि बनाउने लक्ष्यमा सफलता मिल्ने अपेक्षा गरेको छ ।

प्रदेश नम्बर ३ अन्तरर्गतका अन्य जिल्लाहरुमा भने सरकारले यसअधि नै खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको छ ।
सरकारले आगामी असोज १३ गते पुरा नेपाललाई नै दिशा मुक्तक्षेत्र घोषणा गर्ने पनि जनाएको छ ।

यस असअधि भदौ भित्रै नेपाललाई दक्षिण एसियाकै पहिलो दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेपनि सरकार उक्त कार्यमा सफल नभएकाले दशै भित्रै ‘खुला दिशामुक्त नेपाल’ कार्यक्रमको घोषणा हुने जनाइएको छ ।

सरकारले नेपालको पहिलो दिशामुक्त जिल्लाको रुपमा कास्कीलाई घोषणा गरेको थियो । हालसम्म सरकारले देशभरका ६३ जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको छ ।

सरकारी तथ्याङकका अनुसार हाल सम्म सरकारले हिमाली तथा पाहाडी जिल्लालाई खुला दिशा मुक्तक्षेत्र घोषणा गरेको हो ।उता भारत सरकारले पनि अगष्ट १५ बाट ‘खुला दिशामुक्त भारत’को अभियान घोषणा गर्ने तयारीमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्