Logo

सञ्चय कोषमा ३ खर्व



काठमाडौ, ३१ भदौ । कर्मचारी सञ्चय कोष संस्थानसँग ३ खर्व ९ अर्व ८५ करोड मौजदात रहेको छ । संस्थानले ५८ औं वार्षिकोत्वमा आज जनाए अनुसार उक्त रकम मौजदात रहेको जानकारी दिएको हो ।

देशको कुल वार्षिक बजेट बराबरको २५ प्रतिशत रकम सञ्चयकोष एक्लैसँग रहेको छ । सञ्चयकोषको जगेडा कोष ३१ अर्ब ४५ करोड, दायित्व तथा व्यवस्था ४ अर्व ३९ करोड, कुल श्रोत ३ खर्व ४५ अर्व ४९ करोड र कुल लगानी ३ खर्व ३८ अर्व ६ करोड रहेको संस्थानले जनाएको छ । उसले जलविद्युत र नेपाल वायु सेवा निगमलाई ऋण दिन लगानी गरेको छ ।

सञ्चयकोष संस्थानसँग ६ लाख सञ्चयकर्ता आवद्ध रहेका छन् । देशभर २६ हजार संख्यका कार्यालयमा कार्यरत ६ लाख सञ्चकर्ता आवद्ध रहेको सञ्चय कोषले जनाएको छ ।

कोषले सञ्चयकर्ताहरुका लागि सञ्चित रकममा ८.२५ प्रतिशत व्याजदर र मुनाफामा १.१० प्रतिशत प्रदान गदै आएको छ । कोषले घर सापटी,शैक्षिक सापटी,सरलचक्र सापटी,घर मर्मत सापटी जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ । सार्वजानिक सुरक्षा कार्यक्रम अन्तर्गत दुर्घटना क्षतिपूर्ति योजन,काजकृया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना,सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना जस्ता सेवाहरु उपलब्ध गराउँदै आएको कोषले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्