Logo

यसकारण साउदी अरब संवेदनशील देश



मुसलमानहरुको पवित्र तीर्थस्थल मक्का मदिना रहेको साउदी अरब यस्तो देश हो जहाँ अन्य कुनै धर्मालम्बीहरुका लागि स्थान छैन । त्यहाँ मुसलमानको मस्जिदबाहेक बनाउन निषेध छ । यस अर्थमा मात्र साउदी अरब संवेदनशील छैन । त्यहाँको तेल उत्पादन विश्वकै सर्वाधिक हो । साउदीमा पर्ने कुनैपनि प्रकारको असरले विश्वभर तेलको मूल्यमा उलटपुलट हुन्छ ।

विश्वभर विभिन्न समयमा भएका घटनाले तेलको उत्पादन नघटेको होइन । तर, साउदी अरबको तेल प्रशोधन केन्द्रहरुमा क्षति पुगेर आँधामात्र उत्पादन घट्दा विश्वकै अर्थतन्त्रमा कम्पन आयो । इतिहासमै नभएको उत्पादन घट्ने अवस्था आयो । तेलको उत्पादन ५.७ प्रतिशतले घट्न गयो ।
तेल उत्पादनको इतिहासमा यसअघि कहिले नभएको ठूलो अवरोध २८ भदौबाट भयो । साउदी अरेबियाको दुईवटा तेल प्रशोधन केन्द्रमाथि ड्रोन हमलापछि उसको उत्पादन आधाले घट्यो । यसले विश्वभरको तेल उत्पादनमा ५.७ प्रतिशतले घट्न पुग्यो । यसको असर सिधा विश्व बजारमा तेलको मूल्यमा पर्यो । तेलको मूल्य २८ वर्षको किर्तिमान तोड्दै २० प्रतिशतले वृद्धिभयो ।

विश्वकै सबैभन्दा बढी तेल उत्पादन गर्ने देश साउदी अरबको तेल प्रशोधनको क्षतिको असर कम्तिमा एक महिनासम्म पर्न सक्ने देखिन्छ । यसले विश्वभर पेट्रोलियम पद्धार्थको मूल्य आकाशिने देखिदैछ । तेल आपूर्ति गर्नुपर्ने नेपाल जस्ता देशहरु पनि मारमा पर्न सक्छन् । यसले विदेशी मुद्रा आँकलन गरेको भन्दा बढी देशबाट बाहिरिनेछ । अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्छ ।

तेलको उत्पादन विश्वभर घटेको इतिहास भएपनि यो हदसम्मले घटेको पहिलो घटना हो । यसअघि इरानको इस्लामिक क्रान्तिका बेलामा सन् १९७८ देखि १९७९ का बीच सँसारभरको तेल उत्पादन ५.६ प्रतिशतले घटेको थियो ।

कुवेतमाथि इराकको सैन्य हस्तक्षेप हुँदा स् १९९० देखि १९९१ बचि ४.३ प्रतिशतले घटेको थियो । अरब इजरायल युद्धका बेला सन् १९९३ देखि १९७४ बीच पनि उत्पादन सोही अनुपातमा घटेको थियो । इरान र इराकबीच सन् १९८० देखि १९८१ बीच भएको युद्धका बखत ४.१ प्रतिशतले उत्पादन घटेको तथ्यांक छ । भेनेजुएयलामाथि आक्रमण हुँदा २.६ प्रतिशतले तेलको मूल्य घटेको थियो । इराक युद्धका बखत सन् २००३ मा २.३ प्रतिशतले घट्दा इराकमाथि तेल निर्यात प्रतिबन्ध लाग्दा २.१ प्रतिशतले घटेको थियो ।

सन् १९६७ मा छ दिने युद्धका बखत २ र सुएजको संकट पर्दा १९५६ देखि १९५७ बीच २ प्रतिशतले तेल उत्पादन घटेको थिो । सन् २०११ मा लिबियामा गृहयुद्ध हुँदा १.५ प्रतिशत र २००५ मा कटरिना र रिटा नामको आँधीले अमेरिकामा क्षति पुर्याउँदा १.५ प्रतिशतले तेलको उत्पादन घटेको थियो । सन् २००८ मा गुष्टामा समुन्द्री आँधीले पनि १.३ प्रतिशतले तेलको उत्पादन घट्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको थियो । Photo Source: Worldatlas



प्रतिक्रिया दिनुहोस्