Logo

तालु नभएकी छोरी जन्मिएपछि…..



झापा,३१ भदौ । झापामा तालु नभएको बच्चाको जन्म भएको छ । दमक नगरपालिका २ स्थित आम्दा अस्पतालमा २९ भदौमा टाउको तालुसहित पछाडिको भाग नभएको शिशुको जन्म भएको छ । तालु र पछाडिको भाग नभएको छोरी जन्भिएपछि बच्चा हेर्नका लागि अस्पतालमा भीड लागेको थियो ।

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ की गुराँस कार्कीले यस्तो बच्चा जन्माएकी हुन् । आमा गुराँस र पिता सुजन कार्कीको दोस्रो सन्तानको रुपमा यस्तो बच्चाको जन्म भएको छ । समयमा स्वास्थ्य परीक्षण गराएको उनीहरु बताउँछन् । तर आमा गर्भवती भएको अवस्थामा आवश्यक मात्रामा पौष्टिक आहार नपुग्दा यस्तो बच्चा जन्मन पुगेको डाक्टरको भनाई रहेको छ ।

गर्भवती गुराँसको पाँच ६ महिनामा स्वास्थ्य परीक्षण गराउँदा अल्ट्रासाउन्ड समेत गरिएको थियो र त्यही अवस्थामा अल्ट्रासाउन्डको रिर्पोटमा पनि बच्चाको यो अवस्था देखिएको अस्पतालको भनाई छ । डाक्टरको अनुसार यस प्रकारको बच्चा बाँचे पनि टाउकोको उपचार गर्न असम्भव छ । यस्तो बच्चाको जन्म भएपछि बच्चाको परिवार चिन्तित छन् ।

तस्विर : हाम्रो सवाल डटकम



प्रतिक्रिया दिनुहोस्