Logo

जेलबाट निस्केपछि निर्माता बने निर्देशक



निर्माता माधव वाग्लेले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले डेब्यू गर्ने चलचित्रको नाम “पारसः द अनलक्की म्यान” राखिएको छ । चलचित्रमा एक अनलक्की पुरुषको कथा देखाइनेछ । आधा दर्जन भन्दा बढी चलचित्रको निर्माण गरेका उनले आफ्नो फेसबुकबाट चलचित्र निर्देशनको घोषणा गरेका हुन् । उनी “लुट, रोज, रेसम फिलिली” जस्ता चलचित्रहरुको निर्माता हुन् ।

चलचित्रले सधैं निर्देशक र कलाकारहरुलाई मात्र फाईदा हुने निर्माता सधैं छाँयामा पर्ने भएकोले निर्देशन गर्न लागेको माधवले जनाएका छन् । माधव नक्कली पैसाको मुद्दामा ३० जेष्ठ २०७५ मा जेल परेका थिए । दुई महिनाको जेल बसाईपछि उनी २५ लाख तिरेर धरौटमा निस्किएका हुन् ।

चलचित्र “पारस” को मुख्य भुमिकामा अभिनेता तथा निर्देशक निश्चल बस्नेतसँगै सन्दीप क्षेत्री पनि देखिनेछन् । चलचित्रबाट अभिनेत्रीमा समीक्षा पोखरेलले डेब्यू गर्दैछिन् । उनी टिकटकमा चर्चामा छिन् । चलचित्रको छायांकन आउँदो मंसिरबाट सुरु गरिनेछ ।

छायांकन पनि सुरु नभएको चलचित्रको प्रदर्शन मिति यहीँ वर्षको २८ चैत तोकिएको छ । निश्चल अहिले चलचित्र “घामड शेरे” को काममा व्यस्त छन् ।

Photo Source: Madhav Wagle



प्रतिक्रिया दिनुहोस्